Byroad News

Loading...

वैशाख ३० गते गठबन्धनको आयु सकिनेछ: बर्तौला


वैशाख ३० गते गठबन्धनको आयु सकिनेछ: बर्तौला

थाहानगर/२० वैशाख
नेकपा एमाले बागमती प्रदेशका उपसचिव महेश बर्तौलाले वैशाख ३० गतेसम्ममा गठबन्धनको आयु समाप्त हुने बताएका छन् ।

आज मंगलबार थाहा १२ मा नेकपा एमालेले गरेको चुनावी सभामा प्रदेश उपसचिव बर्तौलाले जनता झुक्याउन गरेको गठबन्धनलाई सचेत जनताले वैशाख ३० गते तह लगाउने बताए । 

सभामा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि १२५ जना एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुलाई खादा र टीका लगाएर स्वागत गरेका थिए । 

कार्यक्रममा एमाले थाहाका मेयरका उमेदवार अचुतम प्रसाद ढकालले आगामी ५ वर्षमा सरकार भनेको कस्तो हुनु पर्ने भन्ने कुरा एमालेले प्रत्याभूति गराउने बताए । टिष्टुङका आवश्यकताहरुलाई प्राथमिकतामा राखेर अन्य वडाहरु सरह विकासको गति अघि बढाइने ढकालले बताए । 

उपमेयरका उमेदवार कल्पना बलामीले आफू निर्वाचित भए प्रत्येक महिलाहरुको हक अधिकार सुनिश्चित गर्दै नगरपालिकालाई व्यवस्थित न्यायपालिका समेतको प्रत्याभूति समेत गराइने बताए । 

थाहा नगरपालिका वडा नम्बर १२ का अध्यक्षका उमेदवार युवराज गोलेले वडाबासीहरुलाई सेवा लिन वडा बाहिर जान नपर्ने गरि कार्यक्रमहरु सञ्चालन गरिने बताए । हालसम्म मावि तहको विद्यालय नभएको हुँदा आफ्ना वडाका बालबालिकाहरुले दु:ख पाएको बताउदै आफ्नो कार्यकालमा सुविधा सम्पन्न विद्यालय भवनसहित मावि सञ्चालन गर्ने अठोट व्यक्त  गरे ।

कार्यक्रममा सयौंको संख्यामा उपस्थिति रहेको थियो । 

Comments

KATHMANDU WEATHER