Byroad News

Loading...

'वैशाख ३० गते राष्ट्रिय लुतो फालिने छ' केपी ओली


'वैशाख ३० गते राष्ट्रिय लुतो फालिने छ' केपी ओली

हेटौंडा/१८ वैशाख
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले आगामी बैशाख ३० गते हुने निर्वाचनबाट 'राष्ट्रिय लुतो’ फालिने बताएका छन् ।

मे दिवसको अवसरमा हेटौँडामा भएको जनसभालाई संवोधन गर्दै अध्यक्ष ओलीले भने ‘सामन्यतया त हाम्रो नेपाली ससमाजमा साउन १ गते लुतो फाल्ने चलन छ, तर यो पटक त्यो सरेर बैशाख ३० गते परेको छ, त्यो गठवन्धनरुपी लुतोलाई जनताले बैशाख ३० गते नै फाल्नेछन् ।’ उनले यो वर्ष बैशाख ३० गते नेपाली राजनीतिको ‘लुतो’ लाई जनताले फाल्देर स्वस्थ स्थानीय सरकारको लागि एमालेलाई मतदान गर्ने बताए ।

नेकपा एमालेलाई देशभर मतदान गर्न सहज रहेको भन्दै उनले भने ‘एमालेलाई त कति सजिलो छ मतदान गर्न र भोट माग्न, सात सूर्य भन्न मिल्छ तर गठवन्धनले के भनेर माग्ने ? चितवनमा प्रचण्डले छोरीको लागि के भनेर मत माग्ने ?’ उनले प्रचण्डले छोरी जिताउनको लागि मात्र पाँच हजार नेपाली जनताको बलि चढाएको देखिएको भन्दै उनको लागि स्थानीय तहमा छोरी र प्रतिनिधिसभामा आफु तथा बुहारीको मात्र ध्यान हुने ओलीको आरोप छ । प्रचण्डले छोरीको लागि चितवनमा कांग्रेस कार्यकर्ताको बिचल्ली बनाएको उनको आरोप छ ।

ओलीले गठवन्धन सरकारलाई खानको लागि मात्र बनेको भन्दै आफुहरुको सरकारलाई परमादेशले विस्तापित गरेपछि बनेको नयाँ सरकारले हालसम्म कुनै काम नगरेको बताए । हामीले निरन्तर गरिरहेको विकासको कामलाई समेत रोकेर यो देशमा लुट्ने काममा गठवन्धन सक्रिय रहेको भन्दै उनले आफ्नो कुनै एजेण्डाहरु नहुँदा एमालेको घोषणापत्र ‘कपि’ गर्न कांग्रेस वाध्य भएको स्पष्ठ पारे ।

एमालेदेखि डराएर पाँच दल मिलेर गठवन्धन बनाएको भन्दै उनले भने ‘पाँच हैन देशको सबै दलहरु एक भएर आएपनि एमाले डराउनेवाला छैन, यो चुनावमा सबैलाई सोतर बनाईन्छ ।’

Comments

KATHMANDU WEATHER