Byroad News

Loading...

थाहानगरमा एमालेको घर दैलो तीब्र


थाहानगरमा एमालेको घर दैलो तीब्र

थाहानगर/१७ वैशाख
आशन्न निर्वाचन लक्षित गर्दै नेकपा एमालेले थाहानगरमा घर दैलो कार्यक्रमलाई तीब्रता दिएको छ । 

एमालेले मेयरका उमेदवार अचुतम प्रसाद ढकाल, उपमेयरका उमेदवार कल्पना बलामी र सम्बन्धित वडाका उमेदवारहरुसहित नेता तथा कार्यकर्ताहरुले घर दैलो कार्यक्रमलाई जोड दिएको हो । 

एमाले थाहा १, ३ मा घर दैलो तथा टोल भेलाहरु सम्पन्न गरि आज २ नम्बर वडाको घर दैलो तथा टोल भेलामा जुटेको नगर उपसचिव सुजन कुमार रायमाझीले बताए । अहिले सबै वडाहरुले पनि आफ्ना वडाका उमेदवारहरुसहित घर दैलो गरिरहेको एमाले थाहानगरले जनाएको छ ।

थाहा नगरमा एमालेका सबै वडामा गरि ६२ जनाको उमेदवारी दर्ता भएको छ । थाहाका १२ वटा वडामा ३२ हजार ३०७ मतदाता छन् । यसैबीच, नेकपा एमालेले आफ्ना सबै उमेदवारहरु साथमा लिएर इन्द्रसरोवरमा पनि घर दैलो अभियानलाई तीब्रता दिएको छ । संविधान सभा सदस्य तथा एमाले नागमती प्रदेश सदस्य सुवाश चन्द्र ठकुरीसहितको टोलीले टोल भेलाहरु राख्दै एमालेका एजेन्डाहरु लिएर कार्यक्रम गरिरहेको एमालेले जनाएको छ ।

Comments

KATHMANDU WEATHER