हेटौंडा/१४ वैशाख
नेकपा एकीकृत समाजवादी (एस) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेललगायत मकवानपुरका ३ दर्जन नेता कार्यकर्ताहरुले पार्टीबाट राजीनामा दिएका छन् ।
आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि कुनै पदमा नरहने गरी राजीनामा दिएका हुन् ।
जिल्ला अध्यक्ष पोखरेल, जिल्ला सचिवालय सदस्य बिरेन्द्र डिसी लगाएत ३ दर्जन नेता कार्यकर्ताले समाजवादी परित्याग गरेको घोषणा गरेका छ्न् ।
पार्टीले गठबन्धनको नाममा हेटौंडालाई मात्र ध्यान दिएर जिल्लाभरको सबै स्थानीय तहका कार्यकर्तालाई बिचल्ली बनाएको भन्दै पार्टी परित्याग गरेको उनले बताए ।
आफ्नै पार्टीको मन्त्री समेत भएको जिल्लामा समेत समाजवादीको हैसियत सकिएको उनको भनाइ रहेको छ । उनी सङ्गै जिल्ला सदस्य गोपालबहादुर स्याङ्तान, गाउपालिका सहसचिव जोन प्रजा लगायतले पार्टी परित्याग गरेका हुन् ।


Featured News
-
18 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments