Byroad News

Loading...

थाहामा काङ्ग्रेसले ३ नम्बर बाहेकका वडामा दियो उमेदवारी


थाहामा काङ्ग्रेसले ३ नम्बर बाहेकका वडामा दियो उमेदवारी

थाहानगर/१३ वैशाख
थाहानगरमा तेस्रो शक्तिको रुपमा स्थापित नेपाली काङ्ग्रेसले आशन्न स्थानीय तहको निर्वाचनका लागि वडा नम्बर ३ बाहेकका वडाहरुमा उमेदवारी दर्ता गराएको छ ।

नेकपा माओवादी केन्द्रसङ्गको गठबन्धनमा उपमेयर पाएको काङ्ग्रेसले भरत गोपालीलाई उमेदवार बनाएको छ । २०७४ को स्थानीय निर्वाचनमा ९१ मत पाएको ३ नम्बर वडा काङ्ग्रेसको सबैभन्दा कमजोर वडाको रुपमा हेरिन्छ तर अघिल्लो निर्वाचनमा त्यही वडा निवासी खड्ग बहादुर गोपालीले उपमेयर बन्ने मौका पाएका थिए । सत्ता साझेदार दलहरुबीचको गठबन्धनको कुरामा माथिल्लो तहमा सहमति हुन नसकेपछि काङ्ग्रेसले सम्बन्धित वडालाई नै अवस्था अनुसार निर्णय गर्ने अधिकार दिएपछि ३ नम्बरमा राष्ट्रिय जनमोर्चासङ्ग गठबन्धन गरेको छ । 

काङ्ग्रेसले अरु सबै वडाहरुमा उमेदवार उठाएको छ । वडा नम्बर १ मा रुपचन्द्र गोपाली, २ मा नवराज लामा, ४ मा श्रीकृष्ण केसी, ५ मा अक्कल बहादुर तामाङ, ६ मा राजेन्द्र भक्त श्रेष्ठ, ७ मा शिवराज थिङ, ८ मा रामकुमार घलान, ९ मा देव श्रेष्ठ, १० मा रामकृष्ण गमाल, ११ मा चिनकुमार गोले र १२ मा टिकाराम स्याङ्तानलाई उमेदवार बनाएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा १० नम्बर वडामा ४ वडा सदस्य र गठबन्धनबाट उपमेयर बाहेक अरु सबै उमेदवारहरु पराजित भएका थिए । वडा नम्बर ६, ७, १० र १२ मा दोस्रो भएको थियोभने ५ नम्बरमा माओवादी केन्द्र र काङ्ग्रेसको ३०१/३०१ मत प्राप्त गरेका थिए ।

Comments

KATHMANDU WEATHER