Byroad News

Loading...

थाहामा नेकपा एसले कुन कुन वडामा दिए उमेदवारी !


थाहामा नेकपा एसले कुन कुन वडामा दिए उमेदवारी !

थाहानगर/१३ वैशाख
नेकपा एमालेसङ्ग फुट पछि पहिलो पटक निर्वाचनमा सहभागी हुन खोजेको नेकपा एकीकृत समाजवादी गठबन्धनमा सहमति जुट्न नसकेपछि एक्लै निर्वाचनमा होमिएको छ ।

थाहानगरमा लामो समयसम्म उपमेयरसहित केही वडा अध्यक्षसहितको दाबी प्रस्तुत गरिरहेको नेकपा एसले अन्तत उमेदवारी दर्ता गर्ने अन्तिम दिन वैशाख १२ गते एकल उमेदवारी दिएका छन् ।

'एसले आफ्नो हैसियतभन्दा माथिको माग राखेपछि सहमति हुन नसकेको हो' माओवादीका एक नेताले भने, 'सहमति हुन नसकेपछि तल्लो तहका नेता तथा कमिटीहरुले आफ्नो आवश्यकता अनुसार गर्न छुट दिएर अघि बढ्यौं ।' ती नेताले भने । वडातहमा आवश्यकता अनुसार सम्बन्धित वडाले गर्ने गरेर मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली काङ्ग्रेसलाई दिने गरेर सहमति भएको थियो । ढिलोसम्म पनि गठबन्धनमा सहमति जुट्न नसकेपछि अन्तिम समयमा नेकपा एसले एक्लै निर्वाचनमा जाने निर्णय गरेको हो । 

तर, नेकपा एसले मेयर र उपमेयरमा भने उमेदवारी हालेन । वडा नम्बर १, २, ४, ६, ७, ८ र ११ गरेर ७ वटा वडाहरुमा मात्र उमेदवारी हालेका छन् ।

वडा नम्बर १ मा नगर अध्यक्ष सानुकाजी गोपाली, २ मा बीरबहादुर तामाङ, ४ मा अभिशेष बल, ६ मा इश्वर रुम्बा, ७ मा हरिबहादुर स्याङ्तान, ८ मा डम्बर लामा र ११ मा किरणमान बलले वडा अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । 

Comments

KATHMANDU WEATHER