Byroad News

Loading...

थाहामा मेयरमा ४ र उपमेयरमा २ जनाको उमेदवारी


थाहामा मेयरमा ४ र उपमेयरमा २ जनाको उमेदवारी

थाहानगर/१२ वैशाख
थाहा नगरपालिकाको नगर प्रमुख पदका लागि चार जना र उपमेयरका लागि दुई जनाको उमेदवारी परेको छ ।

थाहानगरको प्रमुखका लागि नेकपा एमालेबाट अचुतम प्रसाद ढकाल, गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका बिष्णु बिष्ट, नेपाली काँग्रेस (बीपी) का विर बहादुर भोम्जन र मंगोल नेशनल अर्गनाइजेशनका राजकुमार गोलेले उमेदवारी दर्ता गराएका छन् ।

उपप्रमुख पदमा नेकपा एमालेकी कल्पना बलामी र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका भरत गोपालीको उमेदवारी परेको छ । वडा अध्यक्ष तथा स्वतन्त्र पदका उमेदवारहरुको विस्तृत विवरण आउन बाकी छ ।

Comments

KATHMANDU WEATHER