Byroad News

Loading...

माओवादीले थाहाको मेयरमा आदर्शसहित सबै वडामा टुङ्ग्यायो उमेदवार


माओवादीले थाहाको मेयरमा आदर्शसहित सबै वडामा टुङ्ग्यायो उमेदवार

थाहानगर/१२ वैशाख
आशन्न स्थानीय निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले थाहा नगरको मेयर पदका उमेदवारमा बिष्णु विष्ट आदर्शलाई टुङ्गो लगाएको छ । माओवादी थाहानगरबाट अरुण रायमाझी र राजेश केसीसहित ३ जनाको नाम सिफारिस भएको थियो । उपमेयरमा भने नेपाली काङ्ग्रेसलाई दिने भएपछि माओवादीले उमेदवार बनाएको छैन । उपमेयरमा नेपाली काङ्ग्रेसका भरत लामाको चर्चा छ । 'टिकट लिएर आउदै हुनुहुन्छ, टिकट हात परेपछि मात्र थाहा हुन्छ ।' काङ्ग्रेस नेताले बताए ।

धेरै दिनपछिको आन्तरिक रस्साकस्सीपछि आइतबार साँझ मात्र सबै वडाको टुङ्गो लागेको हो । माओवादीले १ मा हेरमान गोपाली, २ मा बमबहादुर सिन्तान, ३ मा हिरेन्द्र रायमाझी, ४ मा नारायण तामाङ, ५ मा मान सिंह दोङ, ६ मा इन्द्र बहादुर श्रेष्ठ, ७ मा बिनायक गोले, ८ मा सुमन कार्की, ९ मा राजकुमार बलामी, १० मा मंगलाल गोपाली, ११ मा दिनेश बल र १२ मा हिरामान घलानको नाम टुङ्गो लगाएको हो ।

यीमध्ये १ नम्बरका हेरमान गोपाली अघिल्लो निर्वाचनमा अध्यक्ष पदका विजयी उमेदवार हुन् भने दिनेश बल र हिरामान घलान अध्यक्ष पदका पराजित उमेदवार हुन् । नारायण तामाङ र सुमन कार्की निर्वाचित वडा सदस्य हुन् । अरु सबै नयाँ उमेदवार हुन् ।

Comments

KATHMANDU WEATHER