थाहानगर/११ वैशाख/आशन्न स्थानीय निर्वाचनमा उमेदवारी दिन थाहा नगरका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । निर्वाचन आयोगले उमेदवारी दिन बहालवाला जनप्रतिनिधिहरुले राजीनामा दिनु पर्ने अनिवार्य व्यवस्था गरेपछि जनप्रतिनिधिहरुले राजीनामा दिएका हुन् ।
नगरपालिकामै राजीनामा दिएका जनप्रतिनिधिहरुको संयुक्त राजीनामा स्वीकृत गरेको पत्र नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी गराएका छन् ।
आजैका मितिदेखि लागू हुने गरि १ नम्बर वडा अध्यक्ष हेरमान गोपाली, २ का अध्यक्ष गुप्त बहादुर कार्की, ५ का विष्णु बहादुर गुरुङ्ग, १० का हिरा बहादुर गमाल, विभिन्न वडाका सदस्यहरु कविता कार्की, उर्मिला कामी, कृष्ण बहादुर मोक्तान, रामकृष्ण गमाल, सविता सुनार, बम बहादुर सिन्तान, जानुका ढकाल, विष्णु बहादुर थापा, सिर्जना वि.क., दिपेन्द्र कुमार थिङ, हरिमाया वि.क. र राजनीतिक सल्लाहकार विष्णु विष्टले राजिनामा गरेका छन् ।
अन्य सदस्यहरुले आ-आफ्नै वडामा राजीनामा दिएका छन् । केही जनप्रतिनिधिहरुले अझै भोलिसम्म राजीनामा दिन सक्ने सम्भावना छ ।
-
18 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments