थाहानगर/१० वैशाख
भोलि वैशाख ११ र पर्सी १२ गते थाहा नगरपालिका क्षेत्रमा विद्युत अवरुद्ध नहुने भएको छ ।
वैशाख ११ र १२ गते स्थानीय तहको निर्वाचनका लागि उमेदवारी मनोनयन पत्र दर्ताको मिति रहेको हुँदा निर्वाचन अधिकृतको कार्यालयको अनुरोधमा विद्युत आपूर्ति अवरुद्ध नहुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङले जनाएको छ ।
वितरण केन्द्र पालुङले सामाजिक सञ्जाल मार्फत सो जानकारी गरेको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङ अन्तर्गतका क्षेत्रमा ११ हजार केभीए लाइनमा कण्डक्टर फेर्न वैशाख ४ गतेदेखि विहान र अपरान्ह गरि दैनिक ८ घण्टा बिद्युत अवरुद्व गरिदै आएको थियो ।
Featured News
-
18 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments