Byroad News

Loading...

काङ्ग्रेसले मेयर नपाए हेटौंडामा एकल उमेदवारी दिने चेतावनी


काङ्ग्रेसले मेयर नपाए हेटौंडामा एकल उमेदवारी दिने चेतावनी

हेटौंडा/७ वैशाख 
नेपाली काङ्ग्रेसले हेटौँडा उपमहानगरपालिकाको मेयर नपाएको अवस्थामा गठवन्धनबाट बाहिरिएर एकल निर्वाचनमा जाने भएको छ । 

नेपाली काङ्ग्रेस हेटौँडा उपमहानगरपालिका समितिले आज हेटौँडामा पत्रकार सम्मेलन गरि हेटौँडा उपमहानगरपालिकाको मेयर आफुहरुले नपाएको अवस्थामा एक्लै मेयर र उपमेयरसहित निर्वाचनमा जाने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस हेटौँडा उपमहानगरपालिकाका सभापति उत्सव इटेनीले आफुहरुले हेटौँडामा काङ्ग्रेसको अवस्था र कार्यकर्ताको भावनाको विषयमा जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वलाई समेत जानकारी गराईसकेको अवस्थामा हेटौँडा एकिकृत समाजवादीको भागमा परेको जानकारी आएको भन्दै उक्त निर्णय पुनारवोलकन नभए एक्लै निर्वाचनमा होमिने बताए । 

Comments

KATHMANDU WEATHER