Byroad News

Loading...

एसले गर्‍यो मेयर उपमेयरसहित वडाअध्यक्षहरुको नाम सिफारिस


एसले गर्‍यो मेयर उपमेयरसहित वडाअध्यक्षहरुको नाम सिफारिस

हेटौंडा/४ वैशाख
नेकपा एकीकृत समाजवादी (एस) ले हेटौंडा उपमहानगरपालिको मेयर उपमेयरसहित १९ वटै वडा अध्यक्ष उमेदवारहरुको नाम सिफारिस गरेको छ । 

मेयरमा पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ ।

एस हेटौंडा उपमहानगरपालिका कमिटीको शनिबार भएको बैठकले जिल्ला अध्यक्ष पोखरेल र लामालाई मेयरको उम्मेद्वार बनाउन जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसैगरी, उपमेयरमा तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुङ्गाना लामा गरी ४ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको बताईएको छ ।

यस्तै, हेटौंडाका १९ वटै वडाबाट अध्यक्षका उम्मेद्वार पनि नगर कमिटीबाट जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

हेटौंडा-१ मा बेगम बराल, २ मा तारा ढुंगाना लामा र शिशिर पराजुली, ३ मा तेजराज बर्तौला, मेनुका पौड्याल र यादव गौतम, ४ मा निरज सिंह, ५ मा रविन्द्र पोख्रेल, ६ मा गोपालप्रसाद दाहाल, ७ मा राजु अधिकारी, रघुप्रसाद आचार्य, ८ मा बैकुन्ठप्रसाद सापकोटा, ९ मा सुकराम केसी, १० मा प्रेमकुमार गुरुङ, ११ मा देवकुमार श्रेष्ठ, १२ मा सोमलाल बल, १३ मा मनोज वाइवा, विष्णुमाया लामा, राजकुमार वाइवा, नवराज थिङ, १४ मा मोहनसिं मोक्तान, १५ मा दिपेश थिङ, प्रेमबहादुर भोम्जन, १६ मा लोकनाथ चौलागाईं, १७ मा कृष्णबहादुर सापकोटा, १८ मा केदार बानिया र १९ मा रामप्रसाद पौडेल अध्यक्षका लागि नगर कमिटीबाट पार्टी जिल्ला कमिटीमा सिफारिस भएका हुन् ।

Comments

KATHMANDU WEATHER