थाहानगर/२ बैशख
नेकपा एमाले थाहा नगरमा सर्वसम्मत हुन नसकेका वडाका उमेदवारहरुको टुङ्गो आज लाग्ने संकेत देखिएको छ ।
नगर मै सर्वसम्मत हुन नसकेका उमेदवारहरुको नामावली बुधबार बसेको जिल्ला कमिटी बैठकमा बुझाएको थियो । नगर कमिटीले वडा नम्बर ४, ६, ९, १० र १२ नम्बर वडाका उमेदवारहरुको सुची बुझाएको थियो ।
वडा नम्बर ४ का आकांक्षीहरु रामराजा केसी र जितबहादुर थोकर, वडा नम्बर ६ का मनहरी भट्ट र फणिन्द्रनाथ सुवेदी, वडा नम्बर १० का हिराबहादुर गमाल र हरि गोपाली, वडा नम्बर १२ का राजेन्द्रकुमार लामा र युवराज गोलेको नाम सिफारिस गरेको थियो ।
वडा नम्बर ९ मा भने रामकृष्ण बस्नेत र द्वारिका बलामीको नाम सिफारिस गरिएको भएपनि बलामीले आफ्नो नाम सिफारिस नगर्न पार्टी नेतृत्वलाई जानकारी गराइसकेको बताए । बलामीले आफ्नो नाम सिफारिस नगर्न भनेपछि ९ नम्बरमा बस्नेत एकल उमेदवार भएका छन् ।
उमेदवारहरुको टुङ्गो लगाउन आज जिल्ला सचिवालय कमिटीको बैठक बसिरहेको छ । यसैगरी नगर प्रमुखका लागि बिष्णु प्रसाद ढकाल र शशीधर सुबेदीको नाम सिफारिस भएको थियो । उपप्रमुखमा कल्पना बलामी र चमेली वाइवाको नाम सिफारिस भएको थियो । प्रमुख र उपप्रमुखको टुङ्गो भने प्रदेश कमिटीले लगाउनेछ ।
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments