थाहानगर/१ बैशाख
आउँदो बैशाख ९ गतेदेखि एसईई परीक्षा सञ्चालन हुँदैछ ।एसईई परीक्षामा थाहा नगरको जनकल्याण मावि, मत्स्यनारायण मावि र बज्रबाराही मावि परीक्षा केन्द्रमा कुल ७२६ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुँदैछन् भने थाहा बाहेक भीमफेदी, कैलाश र इन्द्रसरोवर गाउँपालिकाका केहि विद्यालयहरुको परीक्षा केन्द्र पनि थाहा मै परेको छ । थाहाका बज्रबाराही माविको परीक्षा केन्द्र भने इन्द्रसरोवरमा परेको छ ।
जनकल्याण मावि परीक्षा केन्द्रमा इन्द्रायणी मावि आग्रा, लेकाली बसीफाट मावि भीमफेदी, झम्केश्वरी मावि पालुङ, व्यास मावि गोगने, सरस्वती मावि आग्रा, कमलादेवी मावि डाडाखर्क, मत्स्य नारायण मावि पालुङ, पालुङ इङ्लीस स्कुल पालुङ, पालुङ भ्याली हार्ट एकेडेमी पालुङ र पालुङ मोडर्न इङ्लिस मिडियम स्कुल पालुङका २८२ परीक्षार्थीहरु परीक्षामा सामेल हुँदैछन् ।
यसैगरी मत्स्य नारायण माविमा जनकल्याण मावि पालुङ, जनकल्याण मावि (प्राविधिक) पालुङ, सुन्दरीदेवी मावि आग्रा, सुन्दरीदेवी मावि (प्राविधिक) आग्रा, हिमालयन इङ्लिस सेकेन्डरी स्कुल पालुङका १८८ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुँदैछन् ।
यसैगरी बज्रबाराही माविमा बागेश्वरी मावि टिष्टुङ, सुनौला मावि कुन्छाल, सरस्वती बालबोधिनी मावि मार्खु, स्वच्छन्द्र भैरव मावि चित्लाङ, नाटेश्वर मावि टौखेल, इअन बोडिङ स्कुल बज्रबाराही, सरस्वती बिद्या मन्दिर इङ्लिस स्कुल बज्रबाराहीका २५६ जना परीक्षार्थीहरु सहभागी हुनेछन् ।
यसैगरी बज्रबाराही माविका ४६ जना परीक्षार्थीहरु भने सरस्वती बालबोधिनी मावि मार्खु परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । सबै परीक्षा केन्द्रहरु पूर्ण रुपमा व्यवस्थित भइसकेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएको छ । परीक्षा विहान ८ बजेदेखि हुनेछ । 
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments