Byroad News

Loading...

एमाले थाहानगरले सर्वसम्मत हुन नसकेका उमेदवारहरुको सुची जिल्लालाई बुझायो


एमाले थाहानगरले सर्वसम्मत हुन नसकेका उमेदवारहरुको सुची जिल्लालाई बुझायो

थाहानगर/३० चैत्र
नेकपा एमाले थाहा नगर कमिटीले सर्वसम्मत हुन नसकेका उमेदवारहरुको सुची जिल्ला कमिटीमा बुझाएको छ ।

बुधबार बसेको जिल्ला कमिटी बैठकमा वडा नम्बर ४, ६, ९, १० र १२ नम्बर वडाका उमेदवारहरुको सुची बुझाएको हो । अन्य वडाहरुको उमेदवार सर्वसम्मत चयन भएको नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकालले बताए ।

उमेदवारको टुङ्गो लगाउन वडा नम्बर ४ का आकांक्षीहरु रामराजा केसी र जितबहादुर थोकर, वडा नम्बर ६ का मनहरी भट्ट र फणिन्द्रनाथ सुवेदी, वडा नम्बर ९ का रामकृष्ण बस्नेत र द्वारिका बलामी, वडा नम्बर १० का हिराबहादुर गमाल र हरि गोपाली, वडा नम्बर १२ का राजेन्द्रकुमार लामा र युवराज गोलेको नाम सिफारिस गरेको ढकालले बताए । एमाले जिल्ला कमिटीले अब केही दिनमै विभिन्न कोणबाट विश्लेषण गरेर टुङ्गो लगाउने जनाएको छ ।

Comments

KATHMANDU WEATHER