हेटौंडा/३० चैत्र
नेकपा एमाले मकवानपुरले अब केही दिनभित्र सर्वसम्मत हुन नसकेर जिल्लामा सिफारिस भएर आएका उमेदवारहरुको टुङ्गो लगाउने भएको छ ।
आज बुधबार बसेको तेस्रो पूर्ण कमिटी बैठकले सर्वसम्मत सिफारिस भएर आएका नामहरु सुनाउदै अब टुङ्गो लाग्न बाकी उमेदवारहरु केही दिनभित्र टुङ्गो लगाउने लगायतका निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचन २०७९ का लागि जिल्लाका सबै पालिकाबाट आएको उम्मेदवारहरुको सिफारिस संकलन गर्ने, प्रदेश र केन्द्रमा सिफारिस गर्ने तथा गाउँपालिकाहरु र नगरपालिकाको वडाका उम्मेदवारहरुको सर्वसम्मत उम्मेदवारहरुलाई स्वीकृत गर्ने तथा सिफारिस भएकाहरुलाई छनोट गर्ने जिम्मा पार्टीको जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, जिल्ला पदाधिकारीहरुलाई जिम्मा दिइएको छ ।
छनोट गरिएको उम्मेदवारहरुको नामावली जिल्ला सचिवालयमा पेश गरेर सचिवालय बैठकले स्वीकृत गर्ने निर्णय भएको छ ।
जिल्लाबाट नगर र गाउँपालिकाहरुको वडाका उम्मेदवारहरुको छनोट गरि अनुमोदन गर्ने काम ४–५ दिनमा सम्पन्न हुने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
बैठकले अध्यक्ष एकलाल श्रेष्ठको संयोजकत्वमा जिल्लाभर २५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा लाल बहादुर थापा, सचिवमा नवीन सिग्देल तथा उपसचिवमा हिदम लामा र सीता बिष्ट छन् ।
निर्वाचन परिचालन कमिटीमा एमाले मकवानपुर जिल्ला सचिवालय सदस्यहरु, पालिका इन्चार्जहरु तथा २२ वडा जनवर्गीय संगठनबाट गरि ५५ सदस्यीय सचिवालय गठन गरिएको छ ।
बैठकले स्थानीय निर्वाचन २०७९ को आचारसंहिता पुर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएको छ । निर्वाचनलाई विश्वासनीय र धाधलीरहित बनाउनका लागि निर्वाचनमा सहभागी हुने जिल्लाका सबै पार्टीहरुलाई ध्यानाकर्षण गराउने तथा निर्वाचनमा सरकारी शक्ति, स्रोत र साधनको प्रयोगमा प्रतिबाद गर्ने निर्णय भएको छ ।
मकवानपुरमा रहेका एमालेका ९५०० संगठित सदस्यलाई निर्वाचन अवधिसम्म सक्रिय भई एमालेका उम्मेदवारहरुलाई जिताउन घरदैलो कार्यक्रम गर्न निर्देशन दिने निर्णय भएको छ ।
वागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेटौंडा अस्पतालबाट अलग गरि अन्त सार्ने नियतले ल्याइएको अध्यादेश बिरुद्ध खेद प्रकट गर्ने तथा उक्त कार्यप्रति भर्त्सना जनाउने, सिंगो मकवानपुर जिल्लाबासीहरुको हितविपरीत गरिएको कुटनीतिक चालको भण्डाफोर गर्ने, तथा प्रतिष्ठान जुन उद्देश्यले मकवानपुरमा स्थापना गरिएको छ सोको परिपुर्ति गर्न पार्टीको तर्फबाट जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने निर्णय भएको छ ।
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments