हेटौंडा/२८ चैत्र
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले आशन्न निर्वाचनका लागि १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
अनेरास्ववियुले आगामी निर्वाचनकै लागि जिल्लाभर विद्यार्थीहरुबाट १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरिएको छ । ‘मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौं ।’ भन्ने नारासहित अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको घोषणा गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले अनेरास्ववियु र नेकपा एमालेको चुनाव चिन्ह सूर्य अंकित झण्डा अनेरास्ववियु मकवानपुर अध्यक्ष पौडेललाई प्रदान गर्दै निर्वाचन परिचालन कमिटीको उद्धाटन गरे ।
आज जिल्ला स्तरीय बृहत विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दै सो कमिटी गठन गरेको हो । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै अनेरास्ववियु मकवानपुरले विद्यार्थीहरुलाई प्रशिक्षण पनि प्रदान गरेको हो ।
जिल्लाको भीमफेदी, मनहरी, मकवानपुरगढी गाउँपालिका तथा हेटौंडाकै विभिन्न क्याम्पसहरुबाट हजारौंको संख्यामा सहभागी भएका विद्यार्थीहरुको बृहत र्यालीले हेटौंडा बजार परिक्रमा गर्दै शक्ति प्रदर्शन गरेको थियो । हेटौंडा–४ स्थित क्लब हेटौंडामा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आ–आफ्नो क्षेत्रबाट सक्रिय रुपमा लागि पर्न निर्देशन दिइएको छ ।
अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश उपसचिव महेश बर्तौला, प्रदेश सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिव नविन सिग्देल, जिल्ला सचिवालय सदस्यहरु ईश्वर ढुङ्गाना, सुनिल मोक्तान, जिल्ला सदस्यहरु लगायतकाको आतिथ्यता रहेको थियो ।
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments