Byroad News

Loading...

३५ किलो गाँजासहित ५ जना पक्राउ


३५ किलो गाँजासहित ५ जना पक्राउ

हेटौंडा/२७ चैत्र
मकवानपुर प्रहरीले यात्रुबहाक बसबाट ३५ किलो लागुऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

आईतबार सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको मनहरी ६ स्थित पूर्व-पश्‍चिम लोकमार्ग सडक खण्डमा चितवन बाट हेटौंडा आईरहेको बा ८ ख ८१०६ नंबरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा ३५ किलो गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका नित्तित प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार यात्रुबाहक बसको पछाडिको सिटमा सवार ५ जनालाई झोलामा लुकाई छिपाई ल्याईएको ३५ किलो गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका वडा नंबर १ बस्ने १९ वर्षीय सरोज तामाङ, सोहि नगरपालिकाको वडा नंबर ११ बस्ने २५ वर्षीय सुर्य बहादुर स्याङबो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबी लाल तामाङ रहेको दासले बताए ।

लागुऔषध सहित पक्राउ परेकाहरुको माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Comments

KATHMANDU WEATHER