थाहानगर/२६ चैत्र
आशन्न स्थानीय निर्वाचनका लागि नेकपा एमाले थाहा नगरले हिजो नगर प्रमुख र उपप्रमुख पदको उम्मेदवार टुङ्गो लगाउन नसकेपछि आज विहानैदेखि पुन: छलफलमा जुटेको छ ।
केन्द्रीय सर्कुलर अनुसार उम्मेदवार सिफारिस गर्न हिजो आयोजित भेलामा प्रमुख पदका लागि ६ जना र उपप्रमुख पदमा ५ जनाको उम्मेदवारी परेपछि आन्तरिक छलफल गराइएको थियो तर बेलुकी ७ बजेसम्म गरिएको आन्तरिक छलफलमा प्रमुख पदका आकांक्षीहरु कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि आज विहानदेखि छलफलमा जुटेको हो । छलफलमा बागमती प्रदेश कमिटी सदस्यहरु बलराम बल, बुद्वरत्न मानन्धर, बरिना बल र श्यामभक्त श्रेष्ठले सहजीकरण गरिरहेका छन् ।
प्रमुख पदका लागि अच्युत्तम प्रसाद ढकाल, विमल कुमार ढकाल, शशीधर सुवेदी, बलराम थापा, सुरेन्द्रमान प्रधान र बिष्णु प्रसाद ढकालको उम्मेदवारी परेको छ तर यतिबेलासम्म कसैले उम्मेदवारी फिर्ता लिने संकेत देखिएको छैन ।
यसैगरी उपप्रमुख पदका आकांक्षीमध्ये तुलसा विष्ट र रिता सिं ठकुरीले उम्मेदवारी फिर्ता लिएपछि चमेली वाइवा, सुनिता दोङ र कल्पना बलामीको उम्मेदवारी कायम छ ।
एमालेले थाहा नगरपालिकाले वडा नम्बर १, ३, ५, ७, ८, ९, ११ मा सर्वसम्मत उम्मेदवार टुङ्गो लगाइसकेको छ । १ मा प्रदिप प्रधान, ३ मा सुजन कुमार रायमाझी, ५ मा बिष्णु बहादुर गुरुङ, ७ मा शम्भु खत्री, ८ मा हेम थिङ, ९ मा विजय बलामी, ११ मा धनबहादुर गोलेसहित सबै वडामा सदस्यहरु निर्विरोध गरेका छन् ।
वडा नम्बर २ मा गुप्तबहादुर कार्की र मधुकर विक्रम श्रेष्ठ, ४ नम्बरमा रामराजा केसी र जितबहादुर थोकर, ६ नम्बरमा बिष्णु बहादुर बलामी, मनहरी भट्ट र फणिन्द्र नाथ सुवेदी, १० नम्बरमा हिराबहादुर गमाल र हरि गोपाली, १२ नम्बरमा मानबहादुर स्याङ्तान, राजेन्द्रकुमार लामा, मनन स्याङ्तान र युवराज गोलेको उम्मेदवारी परेको छ ।
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments