Byroad News

Loading...

थाहामा एमालेको उम्मेदवार टुङ्गो लागेन, भोलि फेरि छलफल हुने


थाहामा एमालेको उम्मेदवार टुङ्गो लागेन, भोलि फेरि छलफल हुने

थाहानगर/२५ चैत्र
आशन्न स्थानीय निर्वाचनका लागि नेकपा एमाले थाहा नगरले आज प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउन सकेन ।

केन्द्रीय सर्कुलर अनुसार उम्मेदवार सिफारिस गर्न आज आयोजित भेलामा प्रमुख पदका लागि ६ जना र उपप्रमुख पदमा ५ जनाको उम्मेदवारी परेपछि आन्तरिक छलफल गराइएको थियो । बेलुकी ७ बजेसम्म गरिएको आन्तरिक छलफलमा प्रमुख पदका आकांक्षीहरु कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । प्रमुख पदका लागि अच्युत्तम प्रसाद ढकाल, विमल कुमार ढकाल, शशीधर सुवेदी, बलराम थापा, सुरेन्द्रमान प्रधान र बिष्णु प्रसाद ढकालको उम्मेदवारी परेको थियो । 

यसैगरी उपप्रमुख पदका आकांक्षीमध्ये तुलसा विष्टले उम्मेदवारी फिर्ता लिएको बागमती प्रदेश सदस्य बरिना बलले जानकारी दिए । अब रिता सिं ठकुरी, चमेली वाइवा, सुनिता दोङ र कल्पना बलामीको उम्मेदवारी कायम छ । 

आज बेलुकीसम्मको छलफलले कुनै निष्कर्ष निकाल्न नसकेपछि भोलि बिहान ८ बजे पुन: छलफल हुने नगर उपसचिव सुजन कुमार रायमाझीले बताए । 

Comments

KATHMANDU WEATHER