थाहानगर/२५ चैत्र
नेकपा एमालेले आशन्न स्थानीय निर्वाचनका लागि थाहा नगरपालिकामा प्रमुख र उपप्रमुखको टुङ्गो आज लगाउदैछ ।
अहिले नगर पार्टी कार्यालय थानाबजारमा आकांक्षीहरुबीच छलफल भैरहेको नगर उपसचिव सुजन कुमार रायमाझीले बताए ।
नगर प्रमुखका लागि अच्युत्तम प्रसाद ढकाल, बिमल कुमार ढकाल, शशीधर सुवेदी, बलराम थापा, सुरेन्द्रमान प्रधान र बिष्णु प्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी उपप्रमुखका लागि रिता सिं ठकुरी, चमेली वाइवा, सुनिता दोङ, कल्पना बलामी र तुलसा विष्टले आकांक्षा देखाएका छन् ।
उम्मेदवारहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । एमालेको केन्द्रीय सर्कुलर अनुसार प्रमुख पदमा कम्तिमा एक महिला अनिवार्यसहित बढीमा ३ जनाको नाम सिफारिस गर्नु पर्नेछ ।
Featured News
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments