थाहानगर/२४ चैत्र
आशन्न स्थानीय निर्वाचनका लागि नेकपा एमाले थाहा नगर कमिटी यतिबेला उम्मेदवार छनौटमा जुटेको छ ।
हिजो चैत्र २३ गते वडा नं. १ देखि ६ सम्म र आज चैत्र २४ गते वडा नं. ७ देखि १२ सम्मका उम्मेदवारहरु टुङ्गो लगाउने समय सीमा दिइए अनुसार नेताहरु उम्मेदवार छनौटमा जुटेका छन् ।
एमाले थाहा नगरले वडा नम्बर १, ३, ५, ७, ८, ९ र ११ मा सर्वसम्मत रुपमा अध्यक्ष पदका उम्मेदवारहरु टुङ्गो लगाएका छन् । ७ जनामध्ये ५ जना ४० वर्षमूनिका युवा छन् ।
एमालेले वडा नं. १ मा प्रदिप प्रधान, ३ मा सुजन कुमार रायमाझी, ५ मा बिष्णु बहादुर गुरुङ, ७ मा शम्भु खत्री, ८ मा हेम थिङ, ९ मा विजय बलामी र ११ मा धनबहादुर गोलेलाई सर्वसम्मत चयन गरिएको एमालेले जनाएको छ ।
वडा नम्बर २, ४, ६, र १२ मा अझै सहमतिको प्रयास भैरहेको छ । वडा नम्बर १० मा भने वर्तमान अध्यक्ष हिराबहादुर गमाल र हरि गोपालीमध्ये एकमा सर्वसम्मति हुन नसकेपछि निर्णयका लागि जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको छ ।
प्रदिप प्रधान
सुजन कुमार रायमाझी
बिष्णु बहादुर गुरुङ
शम्भु खत्री
हेम थिङ
धनबहादुर गोले
विजय बलामी
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments