थाहानगर/२३ चैत्र
उत्तरी मकवानपुरको थाहा नगर इन्द्रसरोवरमा आगामी बैशाख ३ गतेदेखि दैनिक ८ घण्टा बिद्युत अवरुद्व हुने भएको छ ।
बैशाख ३ गतेदेखि प्रत्येक दिन विहान ५ बजेदेखि १० बजेसम्म र अपरान्ह ४:३० देखि ६:३० बजेसम्म अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रअन्तर्गत धोर्सिङ्ग सब–स्टेशनबाट वितरित धोर्सिङ्ग –कुलेखानी ड्याम साईड हुँदै मार्खुसम्मको ११ के.भी. लाईनमा रहेको कण्डक्टर अपग्रेडिङ्ग कार्य गर्न सो अवधिमा बिद्युत अवरुद्ध गरिन लागेको पालुङ प्रमुख बिरमान रास्कोटीले बताउनु भयो ।
सो समयमा विद्युत अवरुद्ध गर्न बुधबार प्राधिकरण पालुङले सरोकारवाला निकायहरुसंग छलफल तथा परामर्श गरिएको छ । छलफलमा विभिन्न राजनीतिक दल, बैंक तथा वित्तीय संस्था, क्रसर व्यवसायी, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।
छलफलले सार्वजनिक बिदाका दिन (शनिबार) विहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म र अपरान्ह ३ बजेदेखि ६:३० बजेसम्म बिद्युत अवरुद्ध गरि सो कार्य गर्न सहमति भएको प्राधिकरणले जनाएको छ । यो अवधि निश्चित नभएपनि करिव जेठसम्म हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments