थाहानगर/१५ चैत्र
नेकपा एकीकृत समाजबादी थाहा नगरपालिका वडा नम्बर १ वडा कमिटी गठनसँगै 'झुक्किएको' भन्दै कमिटी छोड्न थालेका छन् ।
आज कुन्छाल निवासी सन्देश गोपालीले एक विज्ञप्ति जारी गर्दै चैत्र १४ गते सुनौला माविको चौरमा भएको भेलामा साथी पशुपतिसँगै एमालेको कार्यक्रम भएको भन्दै सहभागी हुन गएको तर पछि समाचारहरुबाट मात्र एकीकृत समाजबादीको कार्यक्रम भएको भन्ने थाहा पाएकोले आफू सो पार्टीमा नरहेको बताएका छन् ।
कमिटी गठन गरेको ६ घण्टा नबित्दै वडा कमिटीमा सचिव भनिएका अञ्जय प्रधानले सो पार्टीमा नरहेको भनी विज्ञप्ति जारी गरेका थिए ।
Featured News
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments