हेटौंडा/१४ चैत्र
मकवानपुर प्रहरीले २ सय ६५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।
शनिबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले प्रहरी चौकी चौकीटोलको कार्यालय अगाडि सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा भैसेबाट हेटौंडातर्फ जादै गरेको प्र ३-०१-०२३ च ५६४० नंंबरको पिकअप चेक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको लागू औषध गाँजा १६५ किलो ८०० ग्राम सहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा १३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरि, सोमबार आज बिहान विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला मकवानपुर मनहरी ६ स्थित लोथर खोला हुदै खयरघारीतर्फपिठ्युमा शंकास्पद रुपमा बोकेको अवस्थामा ४ जनालाई १०० किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला धादिङ रोराङ्ग गाउँपालिका वडा नंबर २ बस्ने ३० वर्षीय मान बहादुर चेपाङ्ग, सोहि ठाउँका ३९ वर्षीय सन्त बहादुर चेपाङ्ग, मकवानपुर मनहरी गाउँपालिका वडा नंबर ३ बस्ने ५३ वर्षीय बुद्धी बहादुर थिङ्ग र जिल्ला चितवन राप्ती नगरपालिका वडा नंबर ११ बस्ने वर्ष ५५ को सञ्च बहादुर थिङ्ग रहेका छन् ।
पक्राउ परेकाहरु माथि आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments