Byroad News

Loading...

काङ्ग्रेस मकवानपुरमा मनोनित सदस्यहरु खारेज गर्न माग


काङ्ग्रेस मकवानपुरमा मनोनित सदस्यहरु खारेज गर्न माग

हेटौंडा/१३ चैत्र
जिल्ला समिति सदस्य मनोनितको विषयलाई लिएर नेपाली कांग्रेस मकवानपुरमा विवाद बढेको छ ।

गतहप्ता सभापति बुद्ध लामाले पराजितसहित आफूलाई निर्वाचनमा सहयोग गर्ने दश जनालाई जिल्ला सदस्यमा नियुक्त गरेसँगै कांग्रेसभित्र विवाद बढेको हो । शनिबार साँझ हेटौंडाको मेनरोडस्थित होटल लिडो इनमा बसेको संस्थापन इतर समूहको वैठकले जिल्ला सदस्यमा मनोमानी तवरबाट भएको नियुक्ती खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

‘जिल्ला सदस्यमा आफ्नो पक्षबाट मात्र मनोनित गरिएको छ । त्यो फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो । जिल्लामा निर्वाचित भएकाहरुलाई अझै प्रमाणपत्र दिइएको छैन । तर, मनोनितलाई दिइसकियो । यसबाटै प्रष्ट हुन्छ हामीमाथि गरिएको व्यवहार ।’, जिल्ला सचिव इश्वर पाठकले भने,‘ आफ्नो खल्तीको मान्छेलाई टिकट वितरण गर्न सहज हुने गरी मनोनित गरिएको हो ।’

वैठकमा दशजना मनोनित गरिएको सूचनामा हस्ताक्षर गरेकोभन्दै सचिव भीमसेन महतको विरोध भएको थियो । वैठकमा उपस्थित भएकाहरुबाट विरोध भएसँगै महतले माफी मागेका थिए ।
वैठकले संस्थापविरुद्ध एकजुट भएर अगाडि बढ्ने समेत निर्णय गरेको छ । वैठकमा ५ पदाधिकारीसहित २७ जना निर्वाचित जिल्ला सदस्यको उस्थिति रहेको दावी गरिएको छ ।

भेलामा कांग्रेस पूर्वसभापतिद्वय रामचन्द्र अर्याल माइकल, रघुरमण न्यौपाने र सभापतिका प्रत्याशी जयराम लामिछानेलगायतले सम्बोधन गरेका थिए ।

Comments

KATHMANDU WEATHER