काठमाडौं/१२ चैत्र
नेकपा एमाले थाहा-काठमाडौं सम्पर्क मञ्चको ऎतिहासिक प्रथम सम्मेलन नेतृत्व चयनसहित आज काठमाडौंमा भइरहेको छ ।
आयोजक कमिटीका संयोजक अनित विष्टको सभाध्यक्षतामा भइरहेको सम्मेलनको नेकपा एमाले बागमती प्रदेश कमिटीका उप-सचिव महेश बर्तौलाले पानसमा दीप प्रज्वलन गरि सम्मेलनको उद्घाटन गरेका छन् ।
एक अध्यक्ष, २ उपाध्यक्ष, एक सचिव, दुई उप-सचिव, एक कोषाध्यक्ष, ६ महिलासहित १६ सदस्य गरि २३ सदस्यीय कमिटी गठन गरिने तयारी रहेको एमाले मकवानपुर जिल्ला कमिटी सदस्य, थाहा नगर सह-इन्चार्ज तथा निर्वाचन कमिटी संयोजक सुरेन्द्रमान प्रधानले बताए ।
सम्मेलनमा एमाले बागमती प्रदेश कमिटी सदस्य सुवाश चन्द्र ठकुरी, बागमती सम्पर्क मञ्चका अध्यक्ष अशोक ठकुरी, एमाले जिल्ला सचिवालय सदस्य बिष्णु प्रसाद ढकाल, जिल्ला सदस्य सुरेन्द्रमान प्रधान, कल्पना बलामी, मकवानपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सुशिला मोक्तान, पार्टी थाहा नगर कमिटी अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, आयोजक कमिटीका उपाध्यक्ष रुपेश श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरे ।
सम्मेलनमा ३ सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक कमिटीका दिनेश कार्कीले बताएका छन् ।
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments