हेटौंडा/११ चैत्र
जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन दिएको छ ।
प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार गृहमन्त्रालयको निर्देशन अनुसार सूचना जारी गरिएको हो ।
‘स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वासिलो बनाउन जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियारहरु चैत ३० गतेभित्रमा नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरिन्छ ।’,
सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट निर्णय अनुसार निर्वाचनपश्चात् फिर्ता हुने गरी सूचना जारी गरिएको हो ।
Featured News
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments