Byroad News

Loading...

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु


श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

हेटौंडा/८ चैत्र
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ ।

श्रीमतीले मादकपदार्थ सेवन गरेर कुटपिट गर्दा श्रीमानको मृत्यु भएको हो । आज बेलुकी श्रीमान र श्रीमती दुबैले मादक पदार्थ सेवन गरेको र श्रीमतीले घाँटीमा थिचेर कुटपिट गर्दा श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

जम्बोमा घरायसी विवादका क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट निजकी श्रीमान ४३ बर्षीय मित्रलाल सुनारको मृत्यु भएको हो । श्रीमतीको कुटाइबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ। अनिता विकलाई भने मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ। 

Comments

KATHMANDU WEATHER