Byroad News

Loading...

हेटौंडामा सञ्चालित नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न


हेटौंडामा सञ्चालित नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

हेटौंडा/७ चैत्र 
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले  युवालाई समृद्धिसंग जोड्दै समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न युवालाई नेतृत्व गर्ने अवसर दिनुपर्ने बताउनु भएको छ ।

जिल्ला युवा समिति मकवानपुरको समन्वय तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा गठित वडा स्तरीय युवा क्लवका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व तथा क्षमता विकास तालिमको समापन गर्दै नगर प्रमुख महतले युवा वर्गको समुचित विकास, परिचालन र सहभगितामा नै सीप, पुँजी र प्रविधि जोड्न सके देश विकासले गति लिने बताउनुभयो ।

नगर प्रमुख महतले आम युवाहरुको क्षमता विकासबाट नै समग्र नगरको विकास हुने भएकाले युवाको नेतृत्व विकासका लागि कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष शिबहरि दाहालले युवाहरु वर्तमानका साझेदार र विकासका पूर्वाधार भएकाले जिल्लामा रहेका सरकारी तथा अन्य निकायहरुसंग समन्वय गरि सबै नगर र गाउँपालिकाका युवाहरुको नेतृत्व र क्षमताको बिकास एवं परिचालनका लागि स्थानीय सरकारसंग मिलेर काम जानकारी बताउनुभयो ।

अध्यक्ष दाहालले युवामा देखिएको पलायन, बेरोजगारी र युवाका समस्या हल गर्न युवाको क्षमता विकास गर्दै सिप र उद्यमसिलतातर्फ जोड्न पहल गरिरहेको बताउनुभयो ।
 
जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष दाहालको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा हेटौंडा ६ का  वडाध्यक्ष अर्जुन चौलागाईं, प्रशिक्षक रिपेश दाहाल र बालकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । २ चरणमा संचालित तालिममा सहभागी  वडा स्तरीय युवा क्लबका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु गरि १०० जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Comments

KATHMANDU WEATHER