Byroad News

Loading...

ऋषेश्वरका भक्तालुलाई नि:शुल्क पानी वितरण


ऋषेश्वरका भक्तालुलाई नि:शुल्क पानी वितरण

थाहानगर/३ चैत्र
फागुपूर्णिमाको अवसरमा दामनको ऋषेश्वर मन्दिरमा दर्शन गर्न गएका भक्तालुहरुलाई नि:शुल्क पानी वितरण गरिएको छ ।

थाहा नगरपालिका १० का अनिल लामाले उपलब्ध गराएको ३ हजार ६ सय बोतल पिउने पानी नि:शुल्क वितरण गरिएको हो । लायन्स क्लव अफ थाहा पिस र लियो क्लव अफ थाहा पिसको व्यवस्थापनमा वितरण गरिएको हो ।

मन्दिर जाने बाटो मै पानी वितरण गरिएपछि भक्तालुहरु खुसी भएको लायन्स क्लव अफ थाहा पिसका अध्यक्ष राममाया खत्रीले बताए । अब अर्को हप्ता पानीलगायतका वस्तुले भएको फोहोर सरसफाइ गर्ने योजना बनाएको लियोका अध्यक्ष कमल विष्टले बताए ।

Comments

KATHMANDU WEATHER