Byroad News

Loading...

काङ्ग्रेस मकवानपुरको सभापतिमा तीनजनाको उम्मेदवारी


काङ्ग्रेस मकवानपुरको सभापतिमा तीनजनाको उम्मेदवारी

हेटौंडा/१५ फागुन
नेपाली काङ्ग्रेसको १४ औँ जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम सुरु भएको छ । 

जसअन्तर्गत सभापतिका उम्मेद्वारहरु आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेले उम्मेद्वारी दर्ता गरेका छन् ।

निर्वाचन समितिले अन्य पदहरुमा उम्मेदवारी दर्ताको काम भइरहेको बताएको छ । विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६ः३० बजे हुने र मतदान भने फागुन १६ गते विहान ८ बजेबाट सुरु हुने जनाइएको छ ।

Comments

KATHMANDU WEATHER