हेटौंडा/१३ फागुन
नेपाली काङ्ग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएकोछ ।
जिल्ला कार्यसम्पादन र काङ्ग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार पार्टी कार्यालय हेटौंडामा भएको संयुक्त बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार फागुन १५ गते हेटौंडा १ चौकीटोल लोकप्रिय होटल अगाडि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
निर्वाचन अधिकृत सुवेदीका अनुसार फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६:३० र मतदान फागुन १६ गते विहान ८ बजेबाट सुरु हुनेछ ।
Featured News
-
13 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments