Byroad News

Loading...

माओवादी केन्द्रले तोक्यो मकवानपुरका विभिन्न तहमा जिम्मेवारी, लवशेर विष्ट प्रतिनिधि सभा २ को संयोजक


माओवादी केन्द्रले तोक्यो मकवानपुरका विभिन्न तहमा जिम्मेवारी, लवशेर विष्ट प्रतिनिधि सभा २ को संयोजक

हेटौंडा/१२ फागुन
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको संयोजकमा सर्केश घलान (मधु) चयन भएका छन् । 

नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको बिहीबार काठमाण्डौंमा बसेको दोस्रो पूर्ण बैठकले घलानलाई संयोजक चयन गरेको प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) ले बताए । बैठकले जिल्ला समन्वय समिति मकवानपुरको सचिवमा भीम पाख्रिनलाई चयन गरेको उनले जानकारी दिए ।

बैठकले मकवानपुर प्रतिनिधि सभा १ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज ललित घलान र संयोजक बच्चु खड्का गोलेलाई चयन गरेको छ । त्यस्तै १(क) को इन्चार्ज लक्ष्मी पाख्रिन (डोल्मा) र संयोजक सन्तबीर लो, १(ख) इन्चार्ज रञ्जना श्रेष्ठ र संयोजक भगिरथ नेपाल (रामजि) चयन भएका छन् । प्रतिनिधिसभा २ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज बीर बहादुर घलान (ज्वाला), संयोजक लवशेर विष्ट चयन भएका छन् ।

बैठकले २(क) को इन्चार्ज शंकरराज बानियाँ र संयोजक चन्द्र योन्जन, २(क) को इन्चार्ज सिता पुलामी (रेखा) र संयोजक युसाई प्रजा (हविल) लाई चयन गरेको छ । बैठकले पालिकाहरुको इन्चार्ज पनि तोकेको छ । 

हेटौंडा उपमहानगरपालिकामा बिवेक राई (बिवेक),बागमती गाउँपालिकामा ज्ञानसागर लामा, बकैया गाउँपालिकामा जीवन गोले, मकवानपुरगढीमा सरोज कुमार खनाल, भीमफेदीमा अप्सरा लोप्चन, इन्द्रसरोबरमा इन्द्र बहादुर श्रेष्ठ, थाहा नगरपालिकामा विष्णु बहादुर विष्ट, राक्सिराङ गाउँपालिकामा बनस्तम थिङ र मनहरी गाउँपालिकमा राजकुमार पाख्रिन इन्चार्ज तोकिएका छन् । कैलाश गाउँपालिकामा भने इन्चार्ज तोक्न बाँकी रहेको छ ।

Comments

KATHMANDU WEATHER