हेटौंडा/७ फागुन
इन्द्रसरोबर गाउँपालिका–२, कुलेखानीमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको कुखुरा बोक्ने सवारी सडकबाट तल खसेको हो ।
प्रहरीका अनुसार प्रदेश २–०३–००१ च ५४४ नम्बरको कुखुरा बोक्ने सवारी अनियन्त्रित भएर सडकबाट तल खसेको थियो । दुर्घटनामा घाइते हुनेको नाम खुलिसकेको छैन ।
प्रहरीका अनुसार दुर्घटनामा करिब १७ र २२ वर्षीया महिलाको टाउकोमा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । सवारी चालक प्रहरी निन्त्रणमा रहेको र उनको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
Featured News
-
13 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments