हेटौंडा/४ फागुन
जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित चारजना युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट करिब ६ सय ट्याब्लेट लागूऔषध नाइट्राभेटसमेत वरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा सवारी चेकजाँच गर्दा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ५३०९ नम्बरको बसबाट उनीहरुलाई पक्राउ गरिएको थियो । प्रहरीका अनुसार पक्राउ परेकाहरु चितवन कालिका नगरपालिका–८ बस्ने वर्ष २१ को उत्सव भन्ने एञ्जल गुरुङ, वर्ष १८ को निश्चल परियार, भरतपुर महानगरपालिका–१६ का वर्ष ३३ का नरबहादुर राना मगर र वर्ष २८ को युवराज गुरुङको साथबाट प्रहरीले उक्त लागूऔषध बरामद गरेको थियो ।
प्रहरीले उनीहरुलाई पक्राउ गरेसँगै जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।
Featured News
-
13 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments