हेटौंडा/३ फागुन
मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा–४ स्थित पासा चटामरी हाउसबाट २० बोतल अबैध लागूऔषध ओम्रेक्ससहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले हेटौंडा २ का ४० वर्षीय नमोरत्न मानन्धर र हेटौंडा–८ का १८ वर्षीय अभिषेक मोक्तानलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार उनीहरुको साथबाट २० ग्राम गाँजा समेत फेला परेको छ । प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिएर थप अनुसन्धान समेत अगाडि बढाएको छ ।
Featured News
-
13 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments