Byroad News

Loading...

एमाले जिल्ला कमिटी सदस्यहरुले लिए शपथ, ८० जना मनोनित


एमाले जिल्ला कमिटी सदस्यहरुले लिए शपथ, ८० जना मनोनित

हेटौंडा/२ फागुन
कोरोना संक्रमण दर घटेसङ्गै नेकपा एमालेका जिल्ला सदस्यहरुले सोमबार सपथ ग्रहण गरेका छन् ।

पुस २३–२४ गते हेटौंडामा भएको ११ औं जिल्ला अधिवेशनबाट चुनिएकाहरुको पद तथा गोपनियताको सपथ ग्रहण सोमबार हेटौंडामा सम्पन्न भएको हो ।

 यस अघि माघ ११ गते अध्यक्ष, उपाध्यक्ष, सचिव र उप–सचिव (दुई) र केही संख्यामा सदस्यहरुको शपथ गराइसकेको छ । 
शपथ ग्रहण पछि जिल्ला कमिटीको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकले आगामी कार्ययोजनाहरु पारित गर्दै नेकपा एमालेको बिधान बमोजिम ८० जना सदस्यहरु मनोनित गर्दै अनुमोदनका लागि प्रदेश कमिटी र केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ ।

Comments

KATHMANDU WEATHER