Byroad News

Loading...

काङ्ग्रेस मकवानपुरको सभापतिमा अर्का एक उम्मेदवार पनि थपिए


काङ्ग्रेस मकवानपुरको सभापतिमा अर्का एक उम्मेदवार पनि थपिए

हेटौंडा/२९ माघ
नेपाली कांग्रेस मकवानपुरको सभापति पदका लागि अर्का एक जना उम्मेदवार थपिएका छन् ।

वर्तमान कार्यवाहक सभापति बिष्णु लामिछानेले सभापतिमा दाबी गरेपछि उम्मेदवारको संख्या ४ जना पुगेको छ ।

यसअघि जिल्ला सचिव बुद्ध लामा, पूर्वजिल्ला सचिव आनन्दराम पराजुली र सल्लाहकार जयराम लामिछानेले सभापति पदमा दावी गरिसकेका छन् ।

अधिवेशनको मिति शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिले फागुन १३ गतेलाई तोकेसँगै हालका कार्यबाहक सभापति विष्णु लामिछानेले पनि औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् । लामिछानेले आफ्नो पक्षमा सर्वसम्मत हुने तर सर्वसम्मत नभए निर्वाचनमा सहभागी हुने प्रतिक्रिया दिएका छन् ।

Comments

KATHMANDU WEATHER