Byroad News

Loading...

माओबादी केन्द्र थाहा नगरको अध्यक्षमा बिनोद लामा निर्वाचित


माओबादी केन्द्र थाहा नगरको अध्यक्षमा बिनोद लामा निर्वाचित

थाहानगर/२९ माघ
नेकपा माओबादी केन्द्र थाहा नगर कमिटीको अध्यक्षमा बिनोद कुमार लामा निर्वाचित भएका छन् ।

शनिबार जेसीज हलमा भएको मतदानमा लामाले ३१ मत प्राप्त गरि निर्वाचित भएका हुन् । अर्का उम्मेदवार अरुण रायमाझीले २८ मत प्राप्त गरेका छन् । 

मङ्सिर ११ गते भएको नगर अधिवेशनले ५९ सदस्यीय नगर कमिटी चयन गरि सोही मध्येबाट पदाधिकारी चयन गर्ने सहमति अनुसार शनिबार निर्वाचन भएको हो । ५९ मतदातामा सबैले मतदान गरेका थिए । 

अब अन्य पदाधिकारीको छनौट बैठकले गर्ने सहमति भएको माओबादी नगर सदस्य ओमकर विष्टले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER