थाहानगर/२९ माघ
नेकपा माओबादी केन्द्र थाहा नगर कमिटीको नेतृत्व चयनका लागि आज दिउँसो निर्वाचन हुँदैछ ।
मङ्सिर ११ गते भएको नगर अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा सहमतिको प्रयास हुने भन्दै ५९ सदस्यीय नगर कमिटीको नाम टुङ्याएर यत्तिकै छोडेको थियो ।
मूख्यत: अध्यक्ष पदमा टुङ्गो लाग्न नसकेपछि निर्वाचनमा जाने निर्णय गरेको हो । अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको भएपनि मनोज अधिकारीले सर्वसम्मतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएका थिए । अर्का उम्मेदवार अरुण रायमाझी र बिनोद कुमार लामाले आ-आफ्नो अडान कायमै राखेपछि निर्वाचन नै बिकल्प बनेको हो ।
निर्वाचन अधिकृत बिमल कुमार बिष्टका अनुसार आज मध्यान्ह १२ बजे मतदानको समय निर्धारण गरिएको छ । मङ्सिर ११ गते भएको अधिवेशनबाट छानिएका नगर कमिटीका सदस्यहरु नै यो निर्वाचनका मतदाता हुनेछन् ।
को को हुन मतदाता? (सूची)





-
13 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments