हेटौंडा/२८ माघ
नेपाली काङ्ग्रेस मकवानपुरको अधिवेशन फागुन १३ गते हुने भएको छ ।
नेपाली काङ्ग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन यसै मितिमा गर्ने निर्णय कार्यसम्पादन समिति बैठकले गरेको हो । शुक्रबार बसेको बैठकले मधेसका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
बाँकी रहेका विभिन्न वडा र गाउँपालिकाको अधिवेशन पनि १० गतेभित्र सम्पन्न गर्ने बताइएको छ । यदि १३ गतेको निर्वाचनमा ५० प्रतिशतभन्दा कम मत आई दोस्रो चरणमा जानु पर्ने भएमा १४ गते अधिवेशन गरिने निर्वाचन समिति संयोजक घिमिरेले जानकारी दिनुभयो ।
हालसम्म मकवानपुरमा सभापति पदका लागि आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेले उम्मेदवारी घोषणा गरि तयारीमा जुटिरहनु भएको छ ।
Featured News
-
13 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments