Byroad News

Loading...

इन्द्रसरोवरबाट "पालिकाप्रेस"को परिक्षण सुरु


इन्द्रसरोवरबाट "पालिकाप्रेस"को परिक्षण सुरु

थाहानगर/२३ माघ
सरस्वती पूजाको अवसरमा मकवानपुरमा नयाँ न्युज पोर्टल "पालिका प्रेस डटकम" परिक्षण सुरु भएको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा मुख्य कार्यालय रहने गरी आजबाट पालिका प्रेस डटकमले परीक्षण सुरु गरेको हो ।

ग्रामिण क्षेत्रबाट स्थानीय खबरलाई राष्ट्रियकरण गर्ने अभ्यास स्वरुप पालिका प्रेसको शुभारम्भ गरिएको सम्पादक मणिराज थापाले बताउनु भएको छ । विशेषतः स्थानीय पालिकाको खबरलाई प्राथमिकताको साथ प्रकाशन गर्ने उद्देश्यले अनलाइन सुरु गरिएको बताउनु भयो । संघ, प्रदेश र स्थानीय पालिकाको सेवाप्रवाह र कार्य सम्पादनका विषय पालिका प्रेसको समाचारको विषयवस्तु बन्ने जनाइएको छ ।

Comments

KATHMANDU WEATHER