Byroad News

Loading...

प्रेस चौतारी नेपाल मकवानपुरले मनायो स्थापना दिवश


प्रेस चौतारी नेपाल मकवानपुरले मनायो स्थापना दिवश

हेटौंडा/२२ माघ
प्रेस चौतारी नेपाल मकवानपुरले शनिबार २४ औं स्थापना दिवस मनाएको छ ।

प्रेस चौतारी मकवानपुरले हेटौंडमा पत्रकारिता क्षेत्रको वर्तमान अवस्थाबारे विश्लेषण गर्दै स्थापना दिवस मनाएको हो । संस्थाका अध्यक्ष बालकृष्ण अधिकारीले पछिल्लो समय राज्यले पत्रकारितालाई कानुनको बन्धनमा बाँध्न खोजेको बताउनु हुँदै उहाँले भन्नुभयो, ‘पत्रकारिता कानुनको बन्धनमा बाँधिनु हुँदैन । हामीले पत्रकारितालाई नैतिकताको बन्धनमा बाँध्न जरुरी रहेको छ ।’

उहाँले पछिल्लो समय पत्रकारले पेशागत मूल्य र मान्यता बिर्सिदै जाने र राज्य कठोर हिसावले प्रस्तुत हुने गरेकोभन्दै यस क्षेत्रमा देखिएको विसंगतिलाई हटाउन सम्पूर्ण सञ्चारकर्मी एकढिक्का हुन जरुरी रहेको बताउनु भयो । अध्यक्ष अधिकारीले पत्रकार महासंघले पनि पत्रकारिता क्षेत्रमा देखिएको विकृति हटाउन संस्थागतरुपमा अगाडि बढ्नु पर्ने बताउनु  भयो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, पूर्वकेन्द्रीय सदस्य प्रताप विष्ट, महासंघ महासचिव कृष्ण सारु मगर, पूर्वजिल्ला अध्यक्ष हरि हुमागाईं तथा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठले पत्रिकारिता क्षेत्रको वर्तमान अवस्थाबारे आफ्नो धारणा राख्नु भएको थियो ।

Comments

KATHMANDU WEATHER