Byroad News

Loading...

युवा संघ थाहाद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्द राँके जुलुस प्रदर्शन


युवा संघ थाहाद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्द राँके जुलुस प्रदर्शन

थाहानगर/२२ माघ
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमिटीले आज शनिबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ ।

शिखरकोट बजारबाट सुरु गरिएको राँके जुलुस थानाबजार पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर,नाफा घाटा जान्दैनौ मुल्यवृद्धि मान्दैनौ, परमादेशी सरकार मुर्दाबाद, जनतामारा सरकार मुर्दाबाद, कालाबजारी बन्द गर, स्थानीय निर्वाचन मिति घोषणा गर लगायतका नारा लगाइएका थिए ।

राष्ट्रिय युवा संघ नेपाल थाहानगरका अध्यक्ष प्रदिप भट्टले कोण सभामा बोल्दै तत्काल मूल्यवृद्धि फिर्ता नभए जुनसुकै हदसम्मको आन्दोलन गर्न तयार रहने बताउनु भयो । 

Comments

KATHMANDU WEATHER