Byroad News

Loading...

सिमभञ्ज्याङसम्म खुल्यो हिउँले अवरुद्ध त्रिभुवन राजपथ


सिमभञ्ज्याङसम्म खुल्यो हिउँले अवरुद्ध त्रिभुवन राजपथ

थाहानगर/२२ माघ
बिहीबारदेखि पटकपटक परेको हिउँले अवरुद्ध त्रिभुवन राजपथको पालुङ-सिमभञ्ज्याङ खण्डसम्मको अवरोध हटाएको छ । 

सो खण्डको सडकमा थुप्रिएको हिउँ नगरपालिकाको जेसीवीले हटाएपछि सिमभञ्ज्याङ क्षेत्रमा रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । शुक्रबार दिउँसो र राती थपिएको हिमपातले यातायात सुचारु गर्न कठिनाई भएको थियो ।

अहिले सिमभञ्ज्याङदेखि अघोरसम्मको सडकमा जमेका हिउँ हटाउने कार्य भैइरहेको ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाले बताउनु भयो । प्रनि तिमिल्सिनाका अनुसार बाकी सडक खण्डको हिउँ सफा गरेपछि आज साझसम्ममा यातायात सुचारु हुन सक्ने सम्भावना छ ।

Comments

KATHMANDU WEATHER