Byroad News

Loading...

७९८ एम्पुल लागूऔषधसहित १ जना महिला पक्राउ


७९८ एम्पुल लागूऔषधसहित १ जना महिला पक्राउ

थाहानगर/२२ माघ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७९८ एम्पुल लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले बकैया गाउँपालिका ४ घर भई हेटौंडा १९ बस्तिपुर डेरा गरि बस्ने वर्ष २९ कि नानीमाया खत्रीलाई पक्राउ गरेको हो ।

प्रहरीले खत्रीको डेराबाट लागू औषध डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुफिन २५० एम्पुल गरी जम्मा ७९८ एम्पुल लागूऔषध लुकाई छिपाई राखेको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । 

Comments

KATHMANDU WEATHER