हेटौंडा/२० माघ
नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रका भ्रातृ संगठनले हेटौंडामा बिहीबार एमसीसी परियोजनाको विरोधमा प्रदर्शन गरेका छन् ।
सत्तारुढ दल अमेरिकी सहयोग एमसीसी परियोजना सदनबाट पास गर्ने तयारीमा रहेको समयमा हेटौंडामा नेकपा (एस)को भ्रातृ संगठन युवा संघ नेपाल र माओवादीको वाइसीएल नेपालले त्यसको विरोध जनाउँदै आन्दोलनको चेतावनी दिएको हो ।
हेटौंडा बुद्धचोकमा उनीहरुले संयुक्तरुपमा प्रदर्शन गर्दै सांकेतिक विरोध तथा र्याली समेत निकालेका थिए । उनीहरुले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने भन्दै विरोध तथा र्याली आयोजना गरेका हुन् ।
Featured News
-
11 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments