हेटौंडा/२० माघ
नेपाली काङ्ग्रेस मकवानपुरका नेता विष्णुप्रसाद लामिछानेले कार्यबाहक सभापतिको पदभार ग्रहण गर्नु भएको छ ।
मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सभापतिको पदभार ग्रहण गर्नु भएपछि स्वत: लामिछाने कार्यबाहक सभापति बन्नु भएको हो ।
कार्यबाहक सभापतिको पदभार ग्रहण गर्दै लामिछानेले अब जिल्ला अधिवेशन स्थानीय तहको निर्वाचन पछि गर्नु पर्ने बताउनु भयो । लामिछानेले भन्नुभयो, 'साथीहरुले सहयोग गर्नु भयो भने म जिल्ला सभापति हाक्न तयार छु ।'
काङ्ग्रेस मकवानपुरको सभापति पदका लागि आनन्दराम पराजुली, बुद्द लामा र जयराम लामिछानेले उम्मेदवारी घोषणा गरि सचिवालय समेत स्थापना गरिसक्नु भएको छ ।
Featured News
-
11 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments