हेटौंडा/१९ माघ
प्रमुख प्रतिपक्षय दल नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनु भएको छ ।
स्थानीय तहको निर्वाचन समयमै गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानवपुरले बुधबार हेटौंडाको बुद्धचोकमा गरेको सडक बहसमा बोल्दै एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठले मुलकको नेतृत्व र जनताप्रति उत्तरदायी रहेको पार्टीले निर्वाचनमा भाग लिनुपर्ने बताउनु भयो ।
‘निर्वाचनबाट कोहि पनि भाग्नु हुँदैन अध्यक्ष श्रेष्ठले भन्नुभयो, 'यदि जनताप्रति उत्तरदायी व्यक्ति छभने जनताको निम्ति, राज्यको निम्ति, मुलुकको निम्ति भनेर कुनै व्यक्तिले समूहले पार्टी खोलेको छ भने त्यो पार्टी चुनावबाट त्रसित हुनु हुँदैन।’
उहाँले निर्वाचनमा आउने परिणाममा आफ्नो पार्टीको ध्यान नभएको तर समयमै निर्वाचन हुनुपर्ने तर्फ ध्यान रहेको बताउनु भयो । उहाँले काङ्ग्रेस नेतृत्वको पाँच दलीय सत्तागठबन्धन सरकार निर्वाचनबाट भाग्न खोजेको आरोप समेत लगाउनु भयो ।
-
11 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments